तिन बैंकको ब्याजदर घट्दा तिन बैंकले बढाए ब्याजदर

२०८१ मंसिर ३० गते आईतवार
सारांश
  • पुष महिनाका लागि तिन बैंकले ब्याजदर घटाएका छन् भने तिन बैंकले ब्याजदर बढाएका छन्।

काठमाडौं: पछिल्लो समय बैंकहरूमा तरलता पर्याप्त भएको तर लगानीको लागि कर्जा प्रवाह नभईरहेको अवस्था छ।  

आर्थिक गतिबिधि चलायमान नभईरहेको अवस्थामा तिन बैंकले ब्याजदर घटाएका छन् भने तिन बैंकले ब्याजदर बढाएका छन्।  बाँकी १४ वटा बैंकले मंसिरको ब्याजदरलाई कायमै राखेका छन् । मंसिरमा २० वटा वाणिज्य बैंकको ब्याजदर औषतमा ५.९७ प्रतिशत रहेको थियो । पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको छ ।

 

ब्याजदर बढाउनेमा एनएमि बैंक, प्राइम र कृषि विकास बैंक रहेका छन् । एनएमबिले ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएर ६.६ प्रतिशत पुर्याएको छ । प्राइम बैंकले ०.५ प्रतिशत बिन्दुले बढाएर ६.२५ पुर्याएको छ । यस्तै कृषि विकास बैंकको पनि ब्याजदर ०.०४ प्रतिशत बिन्दुले बढाएर ५.५७ प्रतिशत पुर्याएको छ ।

 

मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् । एनआईसीले मंसिरको तुलनामा ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गरेको छ भने सानिमा बैंकले ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएर ६.०५ प्रतिशत रहेको छ। त्यस्तै नेपाल बैंकको ब्याजदर ०.३५ प्रतिशत बिन्दुले घटाएर ५.६ प्रतिशत रहेको छ । अन्य बैंकहरूको ब्याजदर भने यथावत रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार