जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

२०८१ मंसिर २८ गते शुक्रवार
सारांश
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिलेको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिलेको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताएका छन् ।

 

आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले आदिवासीको अधिकारका लागि आन्दोलन सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, “हामीले अब नयाँ ढङ्गले ‘मुभमेन्ट’ चलाउनु जरूरी छ ।”

 

आदिवासी जनजातिको आन्दोलन अन्तर्राष्ट्रियकरण गर्नुका साथै सीप र ज्ञानलाई स्थानीयकरण गर्न आवश्यक रहेको बताउँदै मन्त्री गुरूङले भने, “नेपालको आदिवासी आन्दोलन काठमाडौँमा मात्रै सीमित हुँनुहुँदैन, किनकी  एसियाको सबैभन्दा ठूलो आन्दोलन भनेकै आदिवासी जनजाति आन्दोलन हो ।”

 

अन्य देशमा आदिवासी जनजाति आन्दोलनले जुन उचाइका साथ सफलता हासिल गरेको छ, त्यसको तुलनामा नेपालको आदिवासी आन्दोलनको क्रियाशीलतामा कमी रहेको मन्त्री गुरूङको धारणा छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार