दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न अदालतको आदेश तर उनी तत्काल नछुट्ने
२०८१ मंसिर २७ गते विहिवार
- जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ।
काठमाडौँ: जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ।
साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।
प्रहरीका अनुसार उनीमाथि आपराधिक विश्वासघातमा अनुसन्धान भइरहेकोले तत्काल रिहा भने हुने छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए।
आपराधिक विश्वासघातको कसुरमा उनीमाथि सिआइबीले छानबिन गरिरहेको छ।
उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गरेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’