प्रधानमन्त्री ओली आज झापा जादैं

२०८१ मंसिर २३ गते आईतवार
सारांश
  • नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने गृहजिल्ला भ्रमणका लागि आज झापा आउने भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईदिने गृहजिल्ला भ्रमणका लागि आज झापा जाने भएका छन् ।

 

जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा जाने तयारी भएको हो ।

 

आज र भोलि झापामा आयोजना हुने कार्यक्रमहरुमा उनी सहभागी हुनेछन्। आजको मुख्य कार्यक्रम दमकमा निर्माण भएको विजनेश टावरको उद्घाटन रहेको छ।

 

आज दिउँसो १२ बजे ओलीले मेचीनगर–४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

 

त्यसपछि साढे १ बजे दमक –३ स्थित नवनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको एमाले झापाले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार