सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक : प्रचण्ड

२०८१ मंसिर १९ गते बुधवार
सारांश
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।

 

गणतन्त्र सेनानी कोषले आज आयोजना गरेको ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारका विरुद्ध, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि अभियान थालिने बताए । संविधानसभामार्फत संविधान निर्माणका क्रममा आफ्नो पार्टीले फरक मतका रुपमा छाडेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि बढाइने घोषणा गर्दै अध्यक्ष दाहालले गणतन्त्रलाई जनताको व्यवस्था बनाउन निरन्तर लागिपर्ने पनि बताएका छन् ।

 

नयाँ क्रान्तिका लागि विभाजित माओवादी धारलाई एकताबद्ध गर्दै आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै उनले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुआत गरिसकिएको बताए ।

 

“माओवादीले कसैको वैशाखी टेक्दैन, जनताको बलमा आफ्नो एजेण्डा र अभियान अघि बढाउँछ”, उनले भने । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार