- जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ सम्पन्न भएको छ ।
धनुषा: जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ सम्पन्न भएको छ । विधिवत्रुपमा आइतबार सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत मङ्गलबार बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो ।
त्रेतायुगमा झै प्रतीकात्मक रुपमा रामलक्ष्मणको पहिरनमा सजिएको बालकहरुबाट रङ्गभूमि मैदानमा बनाइएको मञ्चमा राखेको धनुष तोड्न लगाएर धनुषयज्ञ मनाइएको हो । प्रतीकात्मक भगवान् रामको रूपमा सजिएको बालकले धनुष तोडेका थिए । जानकी मन्दिरका छोटे महन्थ रामरोसन दास वैष्णवका अनुसार सो अवसरमा अयोध्याबाट करिब पाँच सयको सङ्ख्यामा आएका साधुसन्तको जन्ती टोली पनि धनुषयज्ञमा सहभागी भएको थियो ।
जनकपुरमा प्रत्येक वर्ष विवाहपञ्चमी भव्यताका साथ मनाए पनि अयोध्याबाट पाँच वर्षको अन्तरालमा जन्ती आउने गरेको छ । यस पटक चौथोपटक अयोध्याबाट जनकपुर जन्ती आएको हो । प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा भारत–नेपालको विभिन्न ठाउँबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । धनुषयज्ञको लागि बनाइएको मञ्च अगाडि पण्डालमा हजारौँ सङ्ख्यामा श्रद्धालको उपस्थिति रहेको थियो ।
प्राचीन मिथिलाको राजधानी जनकपुरमा राजा जनकले सीता स्वयंवरका लागि राखिएको धनुष अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् रामले तोडेपछि रामसँग सीताको विवाह भएको थियो । सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो । दोस्रो दिन विवाह मण्डपको बगैँचामा फूलबारी लीला दर्शन गराइएको थियो ।
चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ । छैटौँ दिनअर्थात् मङ्सिर २१ गते जनकपुरकै राम मन्दिरबाट भगवान्् रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पु¥याउने छ । त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ । रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।