- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज काठमाडौँमा बयान लिइँदैछ।
काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज काठमाडौँमा बयान लिइँदैछ।
सहकारी ठगी तथा संगठिक अपराध मुद्दामा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई हिजो साँझ काठमाडौँ ल्याइएको हो।
लामिछानेको आज सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान हुने भएको हो।
लामिछानेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले काठमाडौं पनि अनुमति दिएको थियो ।
पक्राउ पुर्जी जारी भएसँगै काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि बाटो खुलेको थियो ।
उक्त सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ। कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँ ल्याएर यसअघि नै बयान लिइएको छ । रम्तेल स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष पनि हुन् ।
स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’