एसिसी यू-१९ एसियाकप: पहिलो खेलमा नेपाल श्रीलंकासँग भिड्दै
२०८१ मंसिर १४ शुक्रवार
- संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुन लागेको प्रतियोगिताको पहिलो खेल बिहान १०:४५ मा सुरु हुनेछ। आजै सोही समयमा अफगानिस्तान र बंगलादेशबिच पनि प्रतिस्पर्धा हुँदैछ।
काठमाडौँ- एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले शुक्रबार श्रीलंकाको सामना गर्दैछ।
संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुन लागेको प्रतियोगिताको पहिलो खेल बिहान १०:४५ मा सुरु हुनेछ। आजै सोही समयमा अफगानिस्तान र बंगलादेशबिच पनि प्रतिस्पर्धा हुँदैछ।
नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोलीलाई युएई पठाएको छ। यु-१९ टिमको प्रमुख प्रशिक्षक शक्ति गौचन रहँदा सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ।
आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन्।
नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ। समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।