ट्रम्प प्रशासनले १५ हजार ट्रान्सजेण्डरहरूलाई सैनिक सेवाबाट निकाला गर्ने
२०८१ मंसिर १० सोमवार
- अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनावरी २०२५ मा पदभार सम्हाले लगत्तै ट्रान्सजेण्डरका सम्बन्धमा एक ठुलो आदेश जारी गर्न सक्नेछन।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनावरी २०२५ मा पदभार सम्हाले लगत्तै ट्रान्सजेण्डरका सम्बन्धमा एक ठुलो आदेश जारी गर्न सक्नेछन। उनले अमेरिकी सेनाबाट ट्रान्सजेन्डर सैनिकहरूलैई हटाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरिरहेका छन्।
ट्रम्पको यस आदेशले अमेरिकी सेनामा रहेका करिब १५ हजार ट्रान्सजेण्डरहरू प्रभावित हुनेछन। उनीहरूलाई सैनिक सेवाबाट निकालिने छ । सैनिक सेवामा रहेका हजारौं ट्रान्सजेण्डरहरूलाई मेडिकल आधारमा अनुपयुक्त घोषित गर्दै निकालिनेछ ।
यदि ट्रम्पको यो आदेश लागु भयो भने यो उनको पहिलो कार्यकालमा पेश गरिएको निर्देशन भन्दा व्यापक विवादास्पद हुन सक्छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा ट्रान्सजेण्डर व्यक्तिहरूलाई सैनिक सेवामा भर्ति हुनका लागि प्रतिबन्ध लगाएका थिए। तर पहिले देखिने सैनिक सेवामा रहेकाहरूलाई भने निरन्तरता दिन अनुमति थियो । जो बाईडेनले सत्ता सम्हालेसंगै ट्रम्पको यो आदेशलाई खारेज गर्नका लागि उनले एक कार्यकारी आदेश जारी गरेका थिए।
यसका साथसाथै डोनाल्ड ट्रम्प ट्रान्सजेण्डरका रुपमा महिलाको खेलमा पुरुषको प्रवेशको बिरोध गर्दै आएका छन्। अमेरिकामा २४ राज्यमा ट्रान्सजेण्डरहरुलाई माहिलाको खेलामा सहभागी हुनका लागि रोक्ने कानुन छ । ट्रम्पले यस्ता कार्यहरू रोक्नका लागि अन्य ठोश कदम उठाउन सक्छन ।
गत अगष्टमा भएको ओलम्पिक, जहाँ ट्रान्सजेण्डर खेलाडि (परिवर्तित महिला) र एन्जेला कारिनी बिचको बक्सिङ्ग खेल पछि ट्रान्सजेण्डरका सम्बन्धमा विश्वभरीबाट व्यापक बिरोध समेत भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।