धार्केबाट धर्मकाटाको डिजिटलाइजेशन, ओभरलोड नियन्त्रणमा सुधारको अपेक्षा
२०८१ मंसिर ५ गते, बुधबार
- देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ ।
काठमाडौँ- देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाटालाई डिजिटलाइजेशनको गर्दै सो घोषणा गरेका हुन्।
महासङ्घको व्यवस्थापनमा रहेको यो धर्मकाँटाको डिजिटल रूपान्तरणले ‘ओभरलोड’ नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासङ्घले व्यक्त गरेको छ । धर्मकाँटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले जानकारी दिए ।
महासङ्ले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । हाल देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा छन । महासङ्घका अनुसार ती सबै धर्मकाँटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ । डिजिटलाइजेशनपछि ओभरलोडको तथ्याङ्क र ट्रकको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ ।
शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले डिजिटल धर्मकाँटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । सो कार्यले व्यवसायीलाई जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने उनको भनाइ थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’