त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार

२०८१ मंसिर ४ गते, मंगलबार
सारांश
  • धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ।

काठमाडौँ- धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ।

 

मंगलबार बिहान करिब ६ बजे नवलपरासीबाट काठमाडौँ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो।

 

प्रहरीका अनुसार दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको छ। ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरिएको हो।

 

उनीहरुलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसीमा पठाइएको छ।

 

प्रहरीका अनुसार ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार