कीर्तिपुर नगरपालिकाको मेयरका लागि रास्वपाले उम्मेदवारी नदिने

२०८१ मंसिर २ गते, आइतवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुख(मेयर) पदमा उम्मेदवारी नदिने भएको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुख(मेयर) पदमा उम्मेदवारी नदिने भएको छ।

 

यहीँ मंसिर १६ गते उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्।

 

यहाँ नेपाली कांग्रेसका तर्फबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रका तर्फबाट शिवशरण महर्जन, नेकपा एमालेका तर्फबाट सुरेन्द्र महर्जन, राप्रपाका तर्फबाट ध्रुव महर्जन र नेसपाका तर्फबाट दिलकुमार महर्जन उम्मेदवार रहेका छन्।

 

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा यहीँ मंसिर १६ गते निर्वाचन हुँदैछ।

 

बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।

 

उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार