रवि लामिछानेमाथि अर्को पक्राउ पुर्जी

२०८१ मंसिर २ गते, आइतवार
सारांश
  • सहकारी ठगी तथा संगठित अपराधको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पनि अनुमति दिएको छ।

काठमाडौँ – सहकारी ठगी तथा संगठित अपराधको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पनि अनुमति दिएको छ।

 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिराज ढकालको इजलासले आइतबार लामिछाने र गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक छवि जोशीलाई पक्राउको अनुमति दिएको स्रोतले बतायो। उनीहरुमाथि कास्की र रुपन्देही जिल्ला अदालतबाट अनुमति लिएर सहकारी ठगीकै विषयमा अनुसन्धानका लागि थुनामा छन्।

 

कास्कीको सूर्यर्दशन सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ परेको थियो। उक्त पक्राउबाट बाहिर नस्किदै एक महिना पुगेकै दिन अर्को पक्राउ पुर्जी प्रहरीले जारी गरेको हो।

 

काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपलचन भएको भन्दै बचत कर्ताहरुले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। स्वर्णलक्ष्मीको एक अर्बभन्दा बढी रकम अपचलन भएको दाबी गरिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार