अमेरिकामा कट्टर हिन्दु समर्थक तुलसी गब्बर्ड अनुसन्धान विभाग प्रमुख बन्ने पक्का
२०८१ कात्तिक ३० शुक्रबार
- अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कट्टर हिन्दु समर्थक महिलालाई राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा मनोनित गरेका छन्।
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कट्टर हिन्दु समर्थक महिलालाई राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा मनोनित गरेका छन्।
तुलसी गब्बर्डका आमा कार्लो गब्बर्डले ईसाई मत त्यागेर हिन्दु धर्म अवलम्वन गरेकी थिईन। भागवत गीताको गहिरो अध्ययन गरेको र आफुलाई हिन्दु धर्मको अनुयायी बताउने उनकी आमाले आफ्ना सन्तानहरूको नाम हिन्दु-संस्कृत नामबाट राखेकी थिईन। तुलसी नाम संस्कृत भाषाबाटै लिईएको नाम हो, जसको अर्थ भगवान विष्णुको बनस्पति अवतार तुलसी बिरुवा भन्ने जनाउछ।
युवा उमेर देखिनै सामाजिक कार्यहरू तथा राजनैतिक गतिविधिहरूमा सक्रिय तुलसी गब्बर्ड अमेरिकी सेनामा (आंशिक सेवा) झण्डै २ शताब्दि सेवा गरेर सेवा निवृत्त हुन्। उनि सैनिक सेवाको आंशिक सेवाकालीन सदस्यका रुपमा रहदा उनले ४ पटक अमेरिकी संसदको तल्लो सदनको सदस्यका रुपमा समेत निर्वाचित भएर काम गरिन।
उनलाई खरो दक्षिणपन्थी तथा संस्कृतिक पुनरुत्थानवादी विचार प्रति आस्थान्वित नेतृको रुपमा बुझ्न सकिन्छ। यसको कारण हो उनि खुलेरै समलिंगी विवाह जस्ता सामाजिक विकृतिहरूको बिरोध गर्छिन। उनको पिताद्वारा स्थापित एक सामाजिक संस्था जसले समलिंगी विवाहको बिरोध गर्ने र यस बारे अभियान संचालन गर्ने गर्दछ, उनले उक्त संस्थाको सक्रिय सदस्य भएर समेत काम गरिन।
उनि राष्ट्रपति ट्रम्प जस्तै अन्य मुलुकहरूमा अमेरिकी सेनाको उपस्थितिको बिरोध गर्छिन भने ईस्लामिक आतंकवादको पनि खुलेर बिरोध गर्दै आएकी छिन। आप्रवासनको सन्दर्भमा पनि ट्रम्पको जस्तै विचार राख्छिन।
तुलसीको राजनैतिक जिवनमा निकै उतारचढाव देख्न सकिन्छ। रिपब्लिकन पार्टिमा सन् २०२४ मा जोडिनुपुर्व उनि डेमोक्रेटिक पार्टिको सदस्य मात्रै थिईनन, उनि सन् २०१९ मा डेमोक्रेटिक पार्टिको तर्फबाट राष्ट्रपतिको उम्मेद्वारी समेत घोषणा गरिन। तर जो बाईडेनलाई समर्थन गर्दै मार्च २०२० मा उनले आफ्नो नाम फिर्ता लिईन।
उनले आधिकारिक रुपमा सन् २०२२ मा डेमोक्रेटिक पार्टि परित्याग गरिन।

तुलसी गब्बर्ड श्रद्धाका साथ हिन्दू धर्मको अभ्यास गर्ने महिला हुन्। उनले सार्वजनिक रूपमा आफ्नो मूल्यमान्यता र राजनीतिक दृष्टिकोणलाई आकार दिन हिन्दु धर्मको महत्त्वलाई जोड दिएकी छिन्। उनी सार्वजनिक रुपमा भगवद् गीताको शिक्षालाई पालन गर्ने बताउछिन र यसलाई आफ्नो राजनैतिक-सामाजिक जीवनका लागि मार्गनिर्देशनको स्रोतको रूपमा उद्धृत गर्छिन्।
उनले पहिलो पटक २०१२ मा अमेरिकी प्रतिनिधि सभामा निर्वाचित भई कांग्रेसको पहिलो हिन्दू सदस्य बन्दा भगवद गीतामा कांग्रेसको शपथ लिएकी थिईन।
गब्बर्डले प्रायः कसरी कर्म योगका सिद्धान्तहरू (निःस्वार्थ कार्यको मार्ग) सार्वजनिक जिवनमा उनको प्रतिबद्धतालाई प्रेरित गर्छ र कसरी एकता र विविधताको सम्मानमा हिन्दू शिक्षाहरू उनको राजनीतिक दर्शनसँग प्रतिध्वनित हुन्छन् भन्ने बारे बताउछिन ।
उनि हिन्दू-अमेरिकी समुदायसँग सक्रिय रूपमा संलग्न हुन्छिन र भारतीय संस्कृति मनाउने कार्यक्रमहरूमा भाग लिन्छिन। उनी विभिन्न धार्मिक परम्पराहरू बीच आपसी सम्मान र समझदारीमा जोड दिँदै अन्तरविश्वास संवादको वकालत पनि गर्छिन। उनको हिन्दू पहिचान दुबै प्रेरणा र राजनीतिक बहसको बिन्दु भएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।