सांसद बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए उजुरी

३० कार्तिक, २०८१, शुक्रवार
सारांश
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दिएका छन् ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दिएका छन् । आफूविरुद्ध शृङ्खलवद्धरूपमा कुप्रचार गरेको भन्दै पाण्डेले अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् । पाण्डेको तर्फबाट सचिवालय सदस्यले उजुरी दर्ता गराएका छन् ।

 

पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार लिखित उजुरी दिएका हुन् । कांग्रेस महासमिति सदस्य, गोरखा १ का सांसद तथा पर्यटन व्यवसायी बजगाईँले आफू मन्त्री भएदेखि नै सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएको पाण्डेले उजुरीमा लेखेका छन् । बजगाईँले पार्टीको आन्तरिक अनुशासन र आफ्नो व्यक्तिगत इमान र निष्ठामा धावा बोलेको उनको जिकिर छ ।

 

मन्त्री पाण्डेले बजगाईँले अमर्यादित, अवाञ्छित, अराजक तथा गैरकानूनी कार्य गरेको भन्दै अनुसन्धान गरी आवश्यक कारवाहीको माग गरेका छन् ।

 

सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका थिए ।

 

यस्तो छ मन्त्री पाण्डेले दिएको उजुरी

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार