रविलाई लगियो कास्की

३० कार्तिक, २०८१, शुक्रवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की लगिएको छ ।

दाङ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की लगिएको छ ।

 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि शुक्रबार कास्की लगिएको हो ।

 

बिहान पौने ८ बजे नै कास्की लगिने तयारी भएपनि मौसम खराबीका कारण विमानस्थल खल्न नसक्दा दिउँसो पौने २ बजेमात्र कास्की उडेको रुपन्देही प्रहरीले जनाएको छ ।

 

गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार