- अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ।
काठमाडौँ – अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ। लगातार उकालो लागेको नेप्से परिसूचक आज भने ११ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ मा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर चार सय ८८ दशमलव ७८ मा सीमित भएको छ।
कारोबार भएकाक १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ। कूल एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता शेयर रु सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ मूल्यमा खरिदबिक्री भएको छ।
नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। वेस्ट फाइनान्स नौ दशमलव ९९, एनएलजी इन्स्योरेन्स कम्पनी नौ दशमलव ९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले नौ दशमलव ६१ प्रतिशतले कमाएका छन्।
गुडविल फाइनान्स नौ दशमलव ३६,आँखु खोला जलविद्युत् कम्पनी चार दशमलव ९१,माछापुच्छ्रे बैङ्क चार दशमलव ५९, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी तीन दशमलव ७१ र हिमालय बैङ्कको बन्डका लगानीकर्ताले तीन दशमलव ४८ प्रतिशतले गुमाएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।