पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक २७, मंगलबार

काठमाडौँ – जिल्ला अदालत, काठमाडौँले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

 

पूर्वमन्त्री अधिकारी आइतबार विराटनगरबाट पक्राउ परेका थिए। यसअघि उनलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

 

दुई दिनको म्याद सकिएपछि म्याद थपका लागि मंगलबार फेरि अदालतमा पेश गरिएकोमा अदालतले ७ दिनको म्याद दिएको हो।

 

सरकारको अनुमतिबिना जापान पुगेका उनलाई त्यहाँको अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएको थियो। उनीसँगै अन्य तीन जना पनि जापान पुगेपछि मानव तस्करीको आशंकामा उनीहरुलाई नेपाल फर्काइएको थियो।

 

विवादमा परेपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए। कोशी प्रदेशसभाका सांसदसमेत रहेका उनलाई नेकपा एमालेले पार्टीबाट निलम्बनसमेत गरेको थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार