विविध विषयमा छलफल गर्न रास्वपा केन्द्रीय समिति बैठक बस्दै
२४ कार्तिक, २०८१, शनिवार
- झाका अनुसार पाँच कार्यसूचीमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
काठमाडौँ । विविध विषयमा छलफल गर्न रास्वपाले केन्द्रीय समितिको बैठक बोलाउँदै छ । कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार शनिबार बिहान ११ः३० बजे पार्टी कार्यालय वनस्थलीमा बैठक बस्दैछ ।
झाका अनुसार पाँच कार्यसूचीमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो । समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडालिटीबारे, मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टी परिचालन र विविध प्रस्तावमाथि छलफल हुने बताए ।
पार्टी सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् । उनी विरुद्द सहकारी ठगी, संगठित अपराधको अभियोगमा मुद्दा चल्दै छ । उनीमाथि तेस्रोपटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यस्ता विविध विषयमा केन्द्रीय समिति बैठकले व्यापक छलफल गरेर संघर्षको कार्यक्रम तय गर्न लागेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’