मानव तस्करीमा मुछिएका लिलाबल्लभ अधिकारीलाई एमालेले निलम्बन गर्यो
२०८१ कार्तिक २४, शनिबार
- नेकपा एमालेले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशसभा सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ।
काठमाडौँ – नेकपा एमालेले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशसभा सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ।
नेकपा एमाले कोशी प्रदेशले शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई मानव तस्करी आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा नरहने गरी उनलाई निलम्बन गरिएको जानकारी गराएको छ।
‘लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी उहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्वन गरिएको जानकारी गराइन्छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै एमालेले उनीमाथि गम्भीर अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
सरकारको स्वीकृतबिना जापान पुगेका मन्त्री अधिकारीसहित उनीसँगै गएका अन्य तीन जनालाई विमानस्थलबाटै फर्काइएको थियो। मानव तस्करीको आरोप लागेपछि कोशी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका अधिकारीले पदबाट राजीनामा दिएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।