प्रधानमन्त्री ओलीको चीन भ्रमणः विगतका समझदारी कार्यान्वयनमा जोड दिइने
२०८१ कार्तिक २४, शनिबार
- नेकपा एमालेले आगामी डिसेम्बर पहिलो साता हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यसअघि नेपाल र चीनबीच भएका समझदारीहरु कार्यान्वयनमा जोड दिने जनाएको छ।
काठमाडौँ – नेकपा एमालेले आगामी डिसेम्बर पहिलो साता हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यसअघि नेपाल र चीनबीच भएका समझदारीहरु कार्यान्वयनमा जोड दिने जनाएको छ।
शनिबार बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यसअघि भएका उच्चस्तरिय समझदारीहरु कार्यान्वयनका लागि जोड दिने बताएका हुन्।
ज्ञवालीले भने, ‘मूलतः विगतमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमण आउनुहुँदाखेरी भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यू चीन भ्रमण गर्दा भएका समझदारीहरुको कार्यान्वयन हाम्रो जोड हुनेछ। त्यसका अलावा दुईपक्षीय हितका अन्य विषयहरुमा पनि केन्द्रित भएर छलफल गर्नेछौँ।’
प्रधानमन्त्रीको चीन भ्रमण छोटो हुने उनले जानकारी दिए। उनले भने,’डिसेम्बरको पहिलो साता हुन्छ भ्रमण। एकदम छोटो भ्रमण हुन्छ। दुई पक्षीय भेटघाट र वार्ताहरु सक्काएर उहाँ फर्किनुहुन्छ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’