सुर्खेत–दैलेख सीमानामा गाडी दुर्घटनाः ४ जनाको मृत्यु, २५ घाइते
२०८१ कार्तिक २३, शुक्रबार
- दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।
सिमकोट – दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।
दैलेखको गुँरास गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काका अनुसार घाइतेहरुलाई उद्धार गरी एम्बुलेन्समा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल पठाइएको छ।
शुक्रबार दिउँसो दैलेख बजारबाट सर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको यात्रुबहाक फोर्स गाडी सुर्खेत–दैलेख सीमाना वीरेन्द्रनगर–१४ रातानाङ्लानजिक दुर्घटना भएको थियो।
२९ जना यात्रु सवार उक्त गाडी झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’