- भारतबाट भ्रमण निम्तो झिकाउन कुटनीतिक च्यानल पनि प्रयोग गरिएको भनिन्छ तर अहिलेसम्म भारतबाट प्रधानमन्त्री केपी वलीलाई भ्रमण निम्तो नआएको भन्ने छ । यसै सेरोफेरोमा उनले चीन भ्रमण तयार गरेका छन् ।
काठमाडौँ । यहि कार्त्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण हुनसक्ने भएको छ । त्यही अनुरुप तयारी थालिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे अद्यावधिक गर्न निर्देशन दिइएको स्रोतले बतायो ।
बिआरआई समझदारी सन् २०१७ मै भएको हो । तर पनि कार्यान्वयनमा एकदमै ढिलासुस्ती भएको भन्दै चीनियाँ पक्षले चासो देखाइरहेको छ । त्यसैले प्रम केपी ओलीले बिआरआई सम्बन्धी कार्य प्रगतीबारे चाख दिएका हुन् ।
सामान्यतयाः हाम्रो देशको प्रधानमन्त्री सर्वप्रथम दक्षिणीको छिमेक भ्रमण गर्ने प्रचलन छ । प्रधानमन्त्री ओली पछिल्लो समय राष्ट्रसंघ महासभामा भाग लिने क्रममा अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट गरे पनि सौहार्दता र विश्वसनियता विकास हुन नसकेको बताइन्छ । भारतबाट भ्रमण निम्तो झिकाउन कुटनीतिक च्यानल पनि प्रयोग गरिएको भनिन्छ तर अहिलेसम्म भारतबाट प्रधानमन्त्री केपी वलीलाई भ्रमण निम्तो नआएको भन्ने छ । यसै सेरोफेरोमा उनले चीन भ्रमण तयार गरेका छन् ।
उक्त भ्रमण चीनसङ्गको आर्थिक विकास फ्रेमवर्क बीआरआई, ऊर्जा तथा व्यापार लगायत विषयमा छलफल हुन सक्ने बालुवाटार स्रोतको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
-
भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।