- बिहीबार बिहान विधुत प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले लाइन काटेर समस्याको समाधान नहुने भन्दै विकल्प खोज्न निर्देशन दिएका थिए |
काठमाडौँ । वर्तमान सरकार तथा उर्जा मन्त्री दीपक खड्काको निर्देशनविपरीत नेपाल विधुत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै ४४ वटा उद्योगको बिजुली काटेको छ। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बक्यौता नतिरेका ४४ वटा उद्योगको बिजुली काटेको जानकारी दिए ।
प्राधिरणले गत असोज २४ गते सूचना प्रकाशित गरेको थियो । उक्त सुचनामा भनिएको थियो कि ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विधुत महसुल कात्तिक ८ भित्र बुझाउनु अन्यथा महसुल नतिरे कानुनबमोजिम असुलउपर गर्नेछौँ ।
प्राधिकरणका प्रवक्ता घोषले भने, ‘हामीले सूचना प्रकाशित गरेपछि ५ वटा उद्योगले पैसा तिर्न सुरु गरेका छन् । अझै ४४ उद्योगले पैसा तिर्न आनाकानी गरेकाले विद्युत काटेका हौं ।’ प्राधिकरणले बिहीबार साँझ ८ बजेबाट ती उद्योगहरूमा बिजुली काट्न सुरु गरेको घोषले जानकारी दिए ।
प्राधिकरणका अनुसार नारायण रबर इन्डस्ट्री, हिमाल आइरन, सोना पोलिमर, सोना प्याकेजिङ, यशोदा फुड्स र जयदुर्गा प्लाष्टिक उद्योगले किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न सुरु गरेका छन् । मारुती र शिवम् सिमेन्टले अदालतबाट अन्तरिम आदेश पाएका कारण ती उद्योगमा बिजुली काटिएको छैन । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेका दाङस्थित घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बाबा जुटमिललगायत उद्योगको बिजुली काटेको प्राधिकरणले जनाएको छ ।
बिहीबार बिहान विधुत प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले लाइन काटेर समस्याको समाधान नहुने भन्दै विकल्प खोज्न निर्देशन दिएका थिए । उनले लाइन काट्दा उद्योगीहरुले करौडौंको क्षति व्यहोर्ने भन्दै वैकल्पिक उपाय खोज्नुपर्ने बताए पनि प्राधिकरणले ती पैसा तिर्न आनाकानी गरेका उद्योगहरूको बिजुली काटेको हो ।
नेपालमा विगत केहि समयदेखी उद्योगी-व्यवसायीहरुकोलागी लगानी गर्ने वातावरण प्रतिकुल बन्दै गएको भन्ने सन्देश बढ्दै गएको छ । यस्तो सन्देशले पक्कैपनि देशको सम्पुर्ण आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने नै छ । यसको लगी सरकार आफै ठोस समाधान लिएर अघि बढ्नुपर्ने देखिन्छ । प्राधिकरण र कर्मचारीलाई एक निश्चित नियम कानुन पालन गर्नुपर्ने बाध्यता रहन्छ । तर समस्या समाधान सहित व्यापक दृष्टी बनाएर अघि बढ्ने दायित्त्व भने सरकारको रहनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।