भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई एमालेले स्पष्टीकरण सोध्ने
०४ कार्त्तिक, २०८१, आइतबार
- उनीहरुले भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले १० रोपनीभन्दा बढी जग्गा दिएर एमाले पार्टी कार्यालयको भवन बनाइदिन लागेको विषयमा विरोध जनाएका थिए ।
काठमाडौँ - आइतबार बसेको एमाले सचिवालय बैठकले नेता रावल तथा स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरलले जानकारी दिए । उनीहरुले पार्टी निर्णयविपरीत बोलेको भन्दै एमालेले स्पष्टीकरण सोध्न लागेको हो ।
पोखरेलले भने, ‘आजको सचिवालय बैठकले पार्टी निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने र अस्वस्थ गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एकता र अनुशासन पार्टीको बल हो । सबै जना जिम्मेवार र अनुशासित बनौँ।’ ‘उहाँले दान गर्ने कुरा गर्नुभएको छ । दानको प्रक्रियामा रहेकाले यसलाई हामी कानूनी प्रक्रियाद्वारा समाधान गछौं’, पोखरेलले भने ।
उनीहरुले भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले १० रोपनीभन्दा बढी जग्गा दिएर एमाले पार्टी कार्यालयको भवन बनाइदिन लागेको विषयमा विरोध जनाएका थिए । पूर्व उपाध्यक्ष रावललाई भने पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’