पूर्वगृहमन्त्री रवि लामिछाने तिन आरोपमा पक्राउ - सहकारी ठगी, संगठित अपराध र किर्ते लिखत
2081-07-03
- सहकारी ठगीमा बिगोअनुसार २ देखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको र यदि संगठित अपराध पनि पुष्टि भए सहकारी ठगीमा हुने अधिकतम सजायको डेढ गुणासम्म सजाय हुनेछ ।
हिजो शुक्रबार सांझ कास्की जिल्ला प्रहरीको अनुरोधमा अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउपछि रास्वपा कार्यकर्ताहरुले ठाउँठाउँमा नारा जुलुस गरेको थिए । अहिले उनलाई अनुसन्धानको लागी मात्र हिरासतमा लिईएको हो । हिरासतमा लिनु भनेको मुद्दा लाग्नु होइन । मुद्दा चलाउने वा नचलाउने र कुन-कुन कसुर लगाउने भन्ने निर्णय सरकारी वकिल कार्यालयले गर्छ ।
सहकारी ठगीमा बिगोअनुसार २ देखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको र यदि संगठित अपराध पनि पुष्टि भए सहकारी ठगीमा हुने अधिकतम सजायको डेढ गुणासम्म सजाय हुने छ । त्यस्तै, उनलाई अर्को आरोप किर्ते लिखत सम्बन्धी पनि छ । संसदीय छानबिन समितिले किर्ते लिखतबाट सेयर हस्तान्तरण गरेको देखिएको भनेर बताएको थियो ।
लामिछानेलाई रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्ने क्रममा पार्टीको नेता-कार्यकर्ताको भिडभाड राम्रै सँख्यामा देख्न सकिन्थ्यो । उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले लगायत लामिछाने पत्नी निकिता पौडेल समेत आ-आफ्नै गाडीमा पोखरा रवाना भएका थिए ।
यो पक्राउले तत्कालै रवि लामिछानेको संसद पद भने निलम्बन हुनेछैन । प्रतिनिधि सभा नियमावली अनुसार पक्राउ पर्दैमा अहिले नै उनको सेवासुविधा रोक्का हुने छैन । तिन वर्ष भन्दा बढी सजाय माग दाबी गर्दै प्रहरीले उनी विरुद्द अभियोग लगाउँदा र अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदाको अवस्थामा मात्र उनी सेवा, सुविधा लगायत संसदीय अधिकारबाट बञ्चित हुनेछन् । अभियोग लागेर पक्राउ पर्दैमा पद जान्न । कास्की जिल्ला अदालतले दोषी ठहर गरेको अवस्थामा रवि निलम्बनमा पर्नेछन् भने निर्दोष ठहर भएमा संसदको रुपमा पुनः फर्कन सक्नेछन् ।
त्यस्तै, कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै सभापति पक्राउप्रति घोर भर्त्सना गरेको जनाएका छन् । राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको भन्ने ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ - ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् हामी डराएका छैनौँ, तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ’
आज बिहान करिब २.४५ बजे उनलाई कास्की प्रहरी समक्ष बुझाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौँस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी उनलाई स्थलमार्ग हुँदै पोखरा पुर्याइएको हो । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’