हर्क साम्पाङले गरे नियम उलंघन

2081-06-29
सारांश
  • आफूसँग राम्रो सम्बन्ध नभएका कारण साङपाङले उपप्रमुखलाई दिनुपर्ने जिम्मेवारी वडाअध्यक्षलाई दिएका हुन् । यसरी व्यक्तिगत सम्बन्धको कारण उपप्रमुखलाई बाइपास गर्न पुगेका छन् ।

धरान- धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुखलाई कार्यवाहकको जिम्मेवारी नदिई वडा अध्यक्षलाई दिएका छन् ।

नेकपा एमालेबाट निर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघालाई कार्यवाहकको जिम्मेवारी नदिई नियम विपरीत वडाअध्यक्षलाई दिएका हुन् ।

आफूसँग राम्रो सम्बन्ध नभएका कारण साङपाङले उपप्रमुखलाई दिनुपर्ने जिम्मेवारी वडाअध्यक्षलाई दिएका हुन् । यसरी व्यक्तिगत सम्बन्धको कारण उपप्रमुखलाई बाइपास गर्न पुगेका छन् ।

उनले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका हुन् । साम्पाङ बिहीबार बेलायत भ्रमणमा जान लागेका छन् ।

साम्पाङले वडाअध्यक्ष फागुलाई असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिएका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार