नेपाली र अमेरिकी पुरुषहरूबीच समलिङ्गी विवाह दर्ता

२०८१ असोज २५ गते, शुक्रबार
सारांश
  • सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयले प्रजित बुढाथोकी र संयुक्त राज्य अमेरिकाको न्यूयोर्कका जोसेफ फोस्टर एलिसलाई धरान उपमहानगरपालिकाले समलिंगी विवाह दर्ता प्रमाणपत्र दिएको छ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयले प्रजित बुढाथोकी र संयुक्त राज्य अमेरिकाको न्यूयोर्कका जोसेफ फोस्टर एलिसलाई धरान उपमहानगरपालिकाले समलिंगी विवाह दर्ता प्रमाणपत्र दिएको छ।

 

विवाह प्रमाणपत्रमा दुवै जना पति उल्लेख गरिएको छ। नेपाली युवक बुढाथोकी र अमेरिकी नागरिक एलिसबीच बिहीबार राजधानी काठमाडौंमा दुई ब्राह्मण पुरोहितले मन्त्रोच्चारणका साथ विवाह गराएका थिए।

 

पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएपछि यो विवाह सम्भव भएको हो।

 

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले सरकारलाई ‘लैङ्गिक अल्पसंख्यक र गैर परम्परागत जोडी’ को विवाह दर्ता गर्न ‘छुट्टै रजिस्टर’ कायम गरी यस्ता विवाहलाई अस्थायी रूपमा दर्ता गर्न आदेश दिएपछि विवाह सम्भव भएको हो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार