देश चलाएको त मारवाडी सेवा समितिहरू जस्ताले रहेछः मेयर बालेन
२०८१ असोज २३, बुधबार
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देश मारवाडी सेवा समिति जस्ता समितिहरूले चलाएको भन्दै सरकार तथा सरकारी निकायको तीब्र आलोचना गरेका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देश मारवाडी सेवा समिति जस्ता समितिहरूले चलाएको भन्दै सरकार तथा सरकारी निकायको तीब्र आलोचना गरेका छन्।
महानगरको टोलीले गौशाला धर्मशालामा बोर्ड राख्न लाग्दा मारवाडी सेवा समितिका पदाधिकारी तथा सदस्यले विरोध गरेपछि मेयर शाहको पछिल्लो प्रतिक्रिया आएको हो।
प्रहरीले मारवाडी सेवा समितिको संरक्षण गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले देश त्यस्ता समितिहरूबाट चलेको रहेछ भन्दै प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, ‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाईनै जिम्मा दिन्छ, अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरुलाई निशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ।
अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौं।‘
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’