बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते

२०८१ असोज २३, बुधबार
सारांश
  • बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लु. १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा अन्यन्त्रित भई पल्टिएको हो ।

रूपन्देही । बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लु. १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा अन्यन्त्रित भई पल्टिएको हो ।

 

दुर्घटना परी जीपमा सवार सबै १५ जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका असई कृष्ण सुनारले जानकारी दिए । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । ११ जनाको अवस्था मध्यम र ३ जना सामान्य घाइते भएको सुनारले बताए ।

 

बाग्लुङको बरेङडाँडा गाउँपालिका- ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइतेहरूलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएको उनले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार