पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किए

२०८१ असोज २० गते, आईतबार
सारांश
  • चार दिने भुटान भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार स्वदेश फर्किएका छन्।

काठमाडौं- चार दिने भुटान भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार स्वदेश फर्किएका छन्।

 

भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार त्यसतर्फ प्रस्थान गरेका पूर्वराजा शाहलाई विशेष सम्मान दिइएको थियो।

 

पूर्वराजा शाहाको भुटान भ्रमणबारे आधिकारिक रुपमा भुटान तथा निर्मलनिवासका तर्फबाट आधाकारिक रुपमा केही नभनिएपनि यसको कुटनीतिक तथा राजनीतिक महत्त्व हुनसक्ने विश्लेषकहरूले बताएका छन्।  

 

भ्रमण टोलीमा उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित उनको सचिवालयका सहयोगीहरू पनि सामेल थिए।

 

शाह ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान सवा ८ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार