एलन मक्स उभिए ट्रम्पको साथमा

२०८१ असोज २० गते, आईतबार
सारांश
  • टेस्लाका सीईओ एलोन मस्कले शनिबार बटलर, पेन्सिल्भेनियामा पूर्व राष्ट्रपति ट्रम्पको अभियान र्‍यालीमा अविस्मरणीय उपस्थिति जनाएका छन्। यो त्यहि स्थान हो जहाँ जुलाई १३ मा बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले ट्रम्पलाई गोली हानेका थिए।

टेस्लाका सीईओ एलन मक्सले शनिबार बटलर, पेन्सिल्भेनियामा पूर्व राष्ट्रपति ट्रम्पको अभियान र्‍यालीमा अविस्मरणीय उपस्थिति जनाएका छन्। यो त्यहि स्थान हो जहाँ जुलाई १३ मा बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले ट्रम्पलाई गोली हानेका थिए।  

 

मक्सले "मेक अमेरिका ग्रेट अगेन" लेखिएको कालो टोपी लगाएका थिए भने "अकुपाय मार्स" लेखिएको टि सर्ट पनि लगाएका थिए । झण्डै ६० हजार समर्थकहरू उपस्थित उक्त कार्यक्रममा ट्रम्प पछि मक्सले आफ्नो धारणा राखेका थिए। 

मक्सले आगामी नोभेम्बर ५ को निर्वाचनलाई "हाम्रो जीवनकालको सबैभन्दा महत्त्वपूर्ण निर्वाचन" भने ।  

 

"यो सामान्य चुनाव होइन," मस्कले दाबी गरे। "अर्को पक्षले तपाइँको अभिव्यक्ति स्वतन्त्रता खोस्न चाहन्छ।"

 

मस्क मुखर रुपमा ट्रम्प समर्थक बनेका छन्। मस्कले आफ्नो भाषणको क्रममा यो पुष्टि गरे कि उनी यस हप्ता सोशल मिडियामा र्‍यालीमा हुनेछन्।

 

"म भन्न चाहन्छु कि यो यहाँ हुनु कत्तिको गर्वको कुरा हो र, तपाईंलाई थाहा छ, कसैको चरित्रको साँचो परीक्षण भनेको उनीहरूले आगोमा कसरी व्यवहार गर्छन्, हैन?" मस्कले आफ्नो टिप्पणीको सुरुमा भने। "र हामीसँग एक यस्ता राष्ट्रपति थिए जो जहाजको सीढीको चढ्न सक्दैनन्, र अर्को जो गोली लागेपछि पनि मुट्ठी कस्दै थिए ।"

 

मक्सले आफ्नो भाषणको क्रममा पटक पटक "भोट, भोट, भोट" भन्दै समर्थकहरूलाई प्रोत्साहित गरे। "लड्नुहोस्, लड्नुहोस्, लड्नुहोस्, भोट गर्नुहोस्, भोट गर्नुहोस्, भोट गर्नुहोस्," मस्कले थपे। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार