स्थगित भयो प्रचण्डले बोलाएको सर्वदलीय बैठक

२०८१ असोज १३, आईतबार
सारांश
  • काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ।

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ।

 

प्रचण्डले आज बिहान १० बजे माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएको सर्वदलीय बैठक स्थगित भएको प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन्।

 

‘अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बैठक आह्वान गरिएको भएपनि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आजैका लागि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

 

‘नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको छ’ सञ्जालमा उनी लेख्छिन्।

 

यता, कार्यवाहक प्रधानमन्त्री सिंहले आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक आह्वान गरेका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका पुगेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानन्त्री सिंहले सम्हाल्दै आएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार