- आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।
काठमाण्डौ, ५ मङ्सिर । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४ रुपैयाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
साथै, जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३४ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।
त्यसैगरि, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७७ रुपैयाँ २९ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ४५ पैसा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’