विदेशी मुद्राको सटहीदर: २०८२ कार्त्तिक १२ बुधवार

२०८२ कार्त्तिक १२ बुधवार
सारांश
  • जसनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।

काठमाडौँ, १२ कार्त्तिक । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।

 

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ २७ पैसा र बिक्रीदर १६४ रुपियाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ५४ पैसा र बिक्रीदर १८८ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७८ रुपियाँ १४ पैसा अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४० पैसा र बिक्रीदर ९२ रुपियाँ ७९ पैसा कायम गरिएको छ ।

 

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ६८ पैसा र बिक्रीदर १०१ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ८२ पैसा र बिक्रीदर १०९ रुपियाँ २९ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८५ पैसा र बिक्रीदर १९ रुपियाँ ९३ पैसा तोकिएको छ ।


साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६६  पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ ३४ पैसा र बिक्रीदर चार रुपियाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५७ पैसा र बिक्रीदर ३३ रुपियाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८१ पैसा र बिक्रीदर नौ रुपियाँ ८६ पैसा कायम गरिएको छ । 


केन्द्रीय बैंकका अनुसार स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ ०९ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९९ पैसा र बिक्रीदर २२ रुपियाँ ०९ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपियाँ १४ पैसा र बिक्रीदर १८ रुपियाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ७० पैसा र बिक्रीदर ४६१ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०४ पैसा र बिक्रीदर ३६७ रुपियाँ ६० पैसा तोकिएको छ । 


साथै, राष्ट्र बैंकले भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार