- राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
काठमाडौँ, २ असोज । असो नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ २७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ २५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १४ पैसा र बिक्रीदर १५ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २४ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७२ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।