नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ‘नारी सुरक्षा’ जीवन बीमा योजना सार्वजनिक
५ फाल्गुन, २०८२, मगलवार
- यस योजनको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुबिधा प्रदान गरिनु,वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ ।
काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
मंगलबार ‘एकै योजना बहु–लाभ ,सबै नारीका लागि सजिलो पहुँच ’ नाराका साथ नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरिएको हो ।
यस योजनको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुबिधा प्रदान गरिनु,वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ ।
नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो ।
गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा अनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनैपनि जटिलता पुष्टि भएमा एकमुष्ट रु। १ लाख तुरुन्तै उपलब्ध हुनेछ । गर्भावस्था स्याहार सम्बन्धी अतिरिक्त पूरक करार सुविधा अन्तर्गत बीमा अवधीभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा ९मुनाफामा सरिक हुने न्यूनतम बीमाङ्क रकम रू २५०,००० दुई लाख पचास हजार र अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा गर्न सकिनेछ । यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहनेछ ।
यस योजनासँगै विभिन्न ऐच्छिक पुरक करार सुविधा पनि लिन सकिन्छ जस्तै एडीबीः दुर्घटना मृत्यु लाभ, पीटीडीः पूर्ण स्थायी अशक्तता सुविधा, पीडब्लूबीः बीमाशुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’