- यससँगै करिब छ दशकदेखि तमिलनाडुमा पालैपालो सत्ता सञ्चालन गर्दै आएका दुई प्रमुख द्रविड दल द्रमुक र अन्नाद्रमुकको राजनीतिक वर्चस्व अन्त्य भएको छ । शनिबार २३४ सदस्यीय प्रदेशसभामा १२० निर्वाचित सदस्यको समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो ।
काठमाडौँ: भारतको तमिलनाडुका नयाँ मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार पदको शपथ ग्रहण गरेका छन् ।
तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईस्थित नेहरू रंगशालामा विजयलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यससँगै करिब छ दशकदेखि तमिलनाडुमा पालैपालो सत्ता सञ्चालन गर्दै आएका दुई प्रमुख द्रविड दल द्रमुक र अन्नाद्रमुकको राजनीतिक वर्चस्व अन्त्य भएको छ । शनिबार २३४ सदस्यीय प्रदेशसभामा १२० निर्वाचित सदस्यको समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो ।
विजयसँगै तमिलगा वेत्री कडगमका केही वरिष्ठ नेतासहित नौ जनाले मन्त्री पदको शपथ लिएका छन् । विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले उनलाई मे १३ भित्र प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिएका छन् । मन्त्री पदको शपथ लिने अन्य नेतामा बुसी एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टीके प्रभु र एस कीर्तना रहेका छन् ।
हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा तमिलगा वेत्री कडगमले १०८ सिट जितेको थियो । तर विजय दुई स्थानबाट निर्वाचित भएकाले वास्तविक संख्या १०७ रहेको छ र उनले एक सिट छोड्नुपर्नेछ । विजयलाई सरकार बनाउन कांग्रेसका पाँच, भारतीय कम्युनिष्ट पार्टीका दुई, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका दुई, इन्डियन युनियन मुस्लिम लिगका दुई तथा विदुथलाई चिरुथइगल काचीका दुई सांसदको समर्थन प्राप्त भएको छ । यी सबै दल निर्वाचनमा द्रमुक नेतृत्वको धर्मनिरपेक्ष प्रगतिशील गठबन्धनअन्तर्गत प्रतिस्पर्धामा उत्रिएका थिए । यद्यपि कांग्रेसले सरकार गठनका लागि तमिलगा वेत्री कडगमसँग गठबन्धन गर्न द्रमुकसँगको सम्बन्ध तोडेको छ । अन्य दलहरूले भने सरकार गठनमा मात्र समर्थन गरेको र राजनीतिक रूपमा द्रमुक नेतृत्वकै गठबन्धनमा रहने बताएका छन् ।
तमिलगा वेत्री कडगम फेब्रुअरी २०२४ मा स्थापना भएको पार्टी हो । दुई वर्षभन्दा कम समयमै पहिलो निर्वाचन लडेर १०८ सिट जित्नु तमिलनाडुको राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ । विजयले पार्टीलाई धर्मनिरपेक्ष राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरेका छन् । पार्टीले समाज सुधारक पेरियार, पूर्व मुख्यमन्त्री कामराज, संविधान निर्माता डा. भीमराव आंबेडकर, स्वतन्त्रता सेनानी वेलु नच्चियार तथा समाजसेवी अञ्जलाई अम्माललाई आफ्ना वैचारिक प्रतीकका रूपमा अगाडि सारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलद्वारा गाजासम्बन्धी ट्रम्पको शान्ति योजना अस्वीकार
-
समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई व्यवहारमा उतार्नुपर्छ- उपराष्ट्रपति यादव
-
जेनजी आन्दोलनपछि रणनीति बदल्दै भारतीय दल, सात राज्यमा युवा मतदाता निर्णायक
-
आदिवासी जनजातिका अधिकार नयाँ पुस्तामा पुर्याउनुपर्छ- मन्त्री श्रेष्ठ
-
चन्द्रमामा कारखाना खोल्ने मस्कको योजना, रोबोटले गर्नेछन् औद्योगिक काम
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।