पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मृत्यु हुने प्रहरीको संख्या १५ पुग्यो
२७ बैसाख, २०८३, आइतवार
- बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृत्यु हुनेको संख्या पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । उनका अनुसार ज्यान गुमाउने सबै व्यक्ति प्रहरीकर्मी रहेका छन् ।
काठमाडौँ: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बन्नु जिल्लामा रहेको प्रहरी चौकीमा भएको चरमपन्थी आक्रमणमा ज्यान गुमाउने प्रहरीकर्मीको संख्या १५ पुगेको छ ।
बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृत्यु हुनेको संख्या पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । उनका अनुसार ज्यान गुमाउने सबै व्यक्ति प्रहरीकर्मी रहेका छन् ।
आक्रमणमा घाइते भएका थप तीन जनालाई अस्पताल ल्याइएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
यसअघि बन्नु क्षेत्रीय प्रहरी प्रमुख सज्जाद खानको कार्यालयले जारी गरेको वक्तव्यमा फतेह खेल चौकीको भवन भग्नावशेषबाट १२ प्रहरीकर्मीको शव निकालिएको जनाएको थियो । साथै तीन जना प्रहरीकर्मीलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको उल्लेख गरिएको थियो ।
समाचार संस्था रोयटर्सका अनुसार बन्नु सहर बाहिर रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काइएको थियो । एक सुरक्षा अधिकारीले विस्फोटपछि चरमपन्थी समूह चौकीभित्र प्रवेश गरेर प्रहरीमाथि गोली चलाएको दाबी पनि गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
-
ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने
-
आजको राशिफल: वि.सं. २०८३ असोज ८ गते विहिवार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।