- यसैबीच लेबनान सीमावर्ती उत्तरी इजराइल क्षेत्रमा हिजबुल्लाहले गरेको मानवरहित विस्फोटक विमान आक्रमणमा तीन इजराइली सैनिक घाइते भएका छन् ।
एजेन्सी, २७ वैशाख । इजराइली आक्रमणमा लेबनानमा एकै दिन ३९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी क्षेत्रहरूमा भएको लगातार हवाई आक्रमणमा सर्वसाधारण नागरिकसमेत मारिएका हुन् ।
दक्षिणी सहर साक्साकियेहमाथि गरिएको इजराइली आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। मृतकमध्ये एक बालक पनि रहेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिणी सहर नबातियेहमा भएको अर्को आक्रमणमा एक सिरियाली नागरिकको मृत्यु भएको छ भने उनकी १२ वर्षीया छोरी गम्भीर घाइते भएकी छन् ।
यसैबीच लेबनान सीमावर्ती उत्तरी इजराइल क्षेत्रमा हिजबुल्लाहले गरेको मानवरहित विस्फोटक विमान आक्रमणमा तीन इजराइली सैनिक घाइते भएका छन् । तीमध्ये एक सैनिकको अवस्था गम्भीर रहेको बताइएको छ । इजराइली सेनाले शनिबार धेरै विस्फोटक मानवरहित विमान इजराइली क्षेत्रमा प्रवेश गरेको जनाएको छ। तीमध्ये केही इजराइलभित्र खसेका थिए ।
सेनाका अनुसार दक्षिणी लेबनानमा तैनाथ आफ्ना सैनिकलाई लक्षित गरी प्रहार गरिएका धेरै क्षेप्यास्त्र र मानवरहित विमानलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै नष्ट गरेको थियो । यसबीच इजराइल र लेबनानबीच सम्भावित शान्ति वार्ताबारे राजनीतिक विश्लेषक रानिया खालेकले हालसम्म कुनै ठोस प्रगति नदेखिएको बताएकी छन् । उनले इजराइली सरकारले लेबनानी सरकारले हिजबुल्लाहलाई हतियार त्याग्न बाध्य पार्न नसक्ने बुझेको बताइन् ।
साथै इजराइली सेनाले पनि हिजबुल्लाहलाई पूर्ण रूपमा समाप्त गर्न नसक्ने उनको भनाइ छ । खालेकका अनुसार इजराइलले लेबनानमा ठूलो विनाश गर्न सक्ने भए पनि हिजबुल्लाहलाई पूर्ण रूपमा निःशस्त्र बनाउनु सम्भव देखिँदैन ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि टिप्पणी गर्दै शान्ति वार्तालाई केवल राजनीतिक प्रदर्शनका रूपमा प्रयोग गर्न खोजिएको आरोप लगाइन् । उनका अनुसार ट्रम्पले विश्वसामु आफूले इजराइल र लेबनानबीच शान्ति स्थापना गराएको सन्देश दिन चाहेका हुन सक्छन् । तर इजराइलले लेबनानका केही क्षेत्रमाथिको नियन्त्रण कायम राख्दै बमबारी जारी राखेसम्म वास्तविक शान्ति सम्भव नहुने खालेकको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।