- रिपोर्टका अनुसार इरानसँगको लामो संघर्षका कारण चीनले वार्तामा आफ्नो स्थिति केही बलियो भएको आँकलन गरेको छ । यसअघि अप्रिलमा हुने भनिएको ट्रम्प-जिनपिङ भेट युद्धका कारण स्थगित भएको थियो ।
काठमाडौँ: मध्यपूर्वमा जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उनको भेटवार्ता मे १४ र १५ मा हुने तय भएको छ ।
रिपोर्टका अनुसार इरानसँगको लामो संघर्षका कारण चीनले वार्तामा आफ्नो स्थिति केही बलियो भएको आँकलन गरेको छ । यसअघि अप्रिलमा हुने भनिएको ट्रम्प-जिनपिङ भेट युद्धका कारण स्थगित भएको थियो ।
चीनले यो भेटलाई निकै महत्वपूर्ण अवसरका रूपमा लिएको छ । यसबाट विश्वका दुई ठूला शक्तिबीच दीर्घकालीन स्थिर सम्बन्ध निर्माण हुने अपेक्षा गरिएको छ । तर चीनभित्रै यस विषयमा फरक–फरक धारणा रहेका छन् र जटिल अवस्थाबीच कसरी अघि बढ्ने भन्नेमा स्पष्टता नभएको बताइएको छ ।
विशेष गरी हर्मुज क्षेत्रलाई लिएर चीन चिन्तित देखिएको छ, जहाँबाट उसले करिब एक तिहाइ तेल तथा ग्यास आपूर्ति गर्छ। यो मार्ग अवरुद्ध भए ट्रम्पको भ्रमणमा समेत प्रभाव पर्न सक्ने आकलन गरिएको छ।
ट्रम्पको भ्रमण सामान्य नभएको र यसको प्रभाव विश्व राजनीतिमा दीर्घकालीन हुन सक्ने विश्लेषण समेत गरिएको छ । यो भ्रमणको सफलता वा असफलताले भविष्यमा चीन-अमेरिका सम्बन्धको दिशा तय गर्नेछ, चाहे अमेरिकामा जुनसुकै दलको सरकार किन नआओस् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।