थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?
२०८२ कार्तिक २५ मङ्गलवार
- थाइल्याण्डले सीमामा बारुदी सुरुङ बिछ्याउनुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको शान्ति सम्झौताको उल्लङ्घनको रूपमा वर्णन गरेको छ ।
काठमाडौँ : थाइल्याण्ड सेनाले कम्बोडियालाई विवादित सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । थाइल्याण्डले यी बारुदी सुरुङबाट आफ्ना धेरै सैनिकहरू गम्भीर घाइते भएको दाबि गरेको छ ।
थाइल्याण्डले सीमामा बारुदी सुरुङ बिछ्याउनुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको शान्ति सम्झौताको उल्लङ्घनको रूपमा वर्णन गरेको छ ।
थाई सेनाका प्रवक्ता मेजर जनरल विन्थाई सुवारीले फोरेन्सिक अधिकारीहरूले कान्थरालक जिल्लामा बारुदी सुरुङले भरिएको क्षेत्रको निरीक्षण गरेको र अनुसन्धानको क्रममा, अधिकारीहरूले विस्फोटक क्रेटर र अन्य तीन बारुदी सुरुङ फेला पारेका थिए ।
सीमामा गस्ती गर्ने क्रममा बारुदी सुरुङमा पाइला टेकेर चार सैनिक घाइते भएको र एक सैनिकले आफ्नो खुट्टा गुमाएको थाई सेनाले जनाएको छ । बैंकक पोस्टका अनुसार, मेजर जनरल विन्थाईले भनेका छन्- 'यस प्रकारको घटनाले कम्बोडियाको तनाव कम गर्ने दोहोरो मापदण्डलाई प्रतिबिम्बित गर्दछ । यसले शत्रुतालाई पनि प्रतिबिम्बित गर्दछ, जुन संयुक्त रूपमा सहमति भएको सम्झौताको उल्लङ्घन हो ।'
कम्बोडियाली रक्षा मन्त्रालयले सोमबार राति थाइल्याण्डको आरोप अस्वीकार गरेको छ । कम्बोडियाले गृहयुद्धको पुरानो बारुदी सुरुङको विस्फोटका कारण सोमबार थाई सैनिक घाइते भएको बताएको छ । कम्बोडियाले यसले सीमामा कुनै पनि नयाँ बारुदी सुरुङ बिछ्याएको छैन जसले नागरिकहरूलाई खतरामा पार्न सक्छ ।
कम्बोडियाली रक्षा मन्त्रालयले शान्ति सम्झौता र जेनेभा महासन्धिका सर्तहरूको कडाईका साथ पालना गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । मन्त्रालयले विवादित सीमा क्षेत्रबाट भारी हतियार हटाउने र कम्बोडियाली युद्धबन्दीहरूको रिहाइ सहित कम्बोडियासँग थाइल्याण्डले सबै गतिविधिहरू निलम्बन गरेकोमा पनि चिन्ता व्यक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।