दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो

२०८२ कार्तिक २५ मङ्गलवार
सारांश
  • बीस जना घाइतेको उपचार भइरहेको छ भने दुई जनाको शव पहिचान भइसकेको र बाँकीको डीएनए परीक्षण मार्फत पहिचान गरिने भारतीय मिडिया दैनिक भास्करले उल्लेख गरेको छ ।

काठमाडौँ : भारतको दिल्लीमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा दुई महिला थपिएका छन् ।

 

बीस जना घाइतेको उपचार भइरहेको छ भने दुई जनाको शव पहिचान भइसकेको र बाँकीको डीएनए परीक्षण मार्फत पहिचान गरिने भारतीय मिडिया दैनिक भास्करले उल्लेख गरेको छ ।

 

सोमबार साँझ लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै चलिरहेको कारमा शक्तिशाली विस्फोट भएको थियो । विस्फोटमा सेतो आई २- कार प्रयोग गरिएको खुलेको छ ।

 

कालो मास्क लगाएका एक व्यक्ति मेट्रो स्टेशन पार्किङबाट बाहिर निस्कँदै गरेको कारमा बसिरहेको देखिएको थियो । उनको पहिचान पुलवामाका निवासी डा. मोहम्मद उमर नबीको रूपमा गरिएको छ । प्रहरीले उमरले आफैंलाई विस्फोटक पदार्थले विस्फोट गराएको अनुमान गरिएको छ । कश्मीर प्रहरीले डीएनए परीक्षणको लागि पुलवामामा उनकी आमा र दुई भाइहरूलाई हिरासतमा लिएको छ ।

 

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार प्रारम्भिक प्रहरी अनुसन्धानले विस्फोटमा अमोनियम नाइट्रेट, इन्धन र डेटोनेटर प्रयोग गरिएको खुलासा गरेको छ ।

 

यसैबीच, भुटानको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले दिल्ली विस्फोटमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरे । उनले सम्पूर्ण राष्ट्र दिल्ली विस्फोटबाट प्रभावित परिवारहरूको साथमा उभिएको बताउदै दोषीहरूलाई नछोडने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार