- बजेटमार्फत घोषणा गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा चिठ्ठा खोलिँदै आएको थियो ।
काठमाडौँ: आन्तरिक राजस्व विभागले रसुवा, नुवाकोट, धादिङलगायतका स्थानमा गएको बाढीपहिरोका कारण आज भदौ १६ गते हुने करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा स्थगित गरेको छ।
विभागका अनुसार स्थगित कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट आगामी असोज १ गते गरिनेछ। उक्त दिन भदौ महिनाभरका खरिद बीजकका कुपनबाट दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने विभागले जनाएको छ।
बजेटमार्फत घोषणा गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा चिठ्ठा खोलिँदै आएको थियो ।
बिल–बीजक लिने संस्कृतिको विकास गर्ने र उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।
सरकारले साउन महिनामा दुईपटक चिठ्ठा खोलेको थियो । त्यसबाट दुई जनाले १० लाख रुपैयाँका दरले बम्पर पुरस्कार तथा ३० जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका थिए । २५ प्रतिशत आकस्मिक लाभकर कटौतीपछि बम्पर विजेताले जनही ७ लाख ५० हजार रुपैयाँ तथा अन्य विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’