बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल
४ श्रावण, २०८३, सोमवार
- सोमबार अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा आयोजित बैठकमा बजेट कार्यान्वयनमा प्रत्यक्ष भूमिका रहेका प्रमुख मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूसँग विस्तृत छलफल भएको हो ।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका छन् ।
सोमबार अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा आयोजित बैठकमा बजेट कार्यान्वयनमा प्रत्यक्ष भूमिका रहेका प्रमुख मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूसँग विस्तृत छलफल भएको हो ।
अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकमा चालु आर्थिक वर्षको बजेट समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, मन्त्रालयहरूबीच समन्वय बढाउने तथा विकास निर्माण र सेवा प्रवाहलाई गति दिने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।