च्याम्बर र स्पेन वाणिज्य महासंघबीच व्यापार र लगानी विस्तारमा सहकार्य गर्ने सहमति
४ श्रावण, २०८३, सोमवार
- स्पेन उद्योग वाणिज्य महासंघकी महानिर्देशक इनमाकुलादा रिएरा ई रेनेसको नेपाल भ्रमणका क्रममा भएको भेटवार्तामा दुई पक्षबीच आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने सहमति भएको हो ।
काठमाडौँ: नेपाल च्याम्बर अफ कमर्श र स्पेन उद्योग वाणिज्य महासंघबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
स्पेन उद्योग वाणिज्य महासंघकी महानिर्देशक इनमाकुलादा रिएरा ई रेनेसको नेपाल भ्रमणका क्रममा भएको भेटवार्तामा दुई पक्षबीच आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने सहमति भएको हो ।
छलफलमा सन् २०२६ को अन्त्य वा २०२७ को सुरुआतसम्म दुई महासंघबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने, साथै सन् २०२७ को फेब्रुअरी–मार्चमा स्पेनका व्यवसायीहरूको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा ल्याई व्यवसायिक मञ्च आयोजना गर्ने तयारीबारे पनि सहमति भएको छ ।
दुवै पक्षले नवीकरणीय ऊर्जा, जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य तथा स्मार्ट सहरलगायत क्षेत्रमा सहकार्य बढाउने, नेपाली वस्तुको स्पेनमा निर्यात प्रवर्द्धन गर्ने र डिजिटल व्यापारमार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा पनि जोड दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।