- बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी खेप पनि छिटो नै नेपाल भित्रिने मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: नेपालमा ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको हो ।
सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल आज नेपालतर्फ ढुवानी सुरु भएको छ । यो आज ढुवानी सुरु भएको मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ ।
बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी खेप पनि छिटो नै नेपाल भित्रिने मन्त्रालयले जनाएको छ ।
धानको रोपाइँ हुने समयमा रासायनिक मल उपलब्ध नभएपछि देश भर किसान असन्तुष्ट रहेका छन् भने रोपाइँ समेत प्रभावित बनेको छ । सरकारले गोदाममा मल रहेको तर स्थानीय तहले समन्वय नगरेको आरोप लगाएको छ र किसानले सधै झैँ रोपाइँको समयमा मल नपाएको गुनासो गरेका छन् । मन्त्रालयको आँकडा अनुसार असार ३२ गतेसम्म देशभर ६२ प्रतिशत रोपाइँ भएको छ, जबकी गत बर्ष यस अवधिसम्म ७२ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’