विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले बढ्यो, २२.६ महिनासम्मको वस्तु आयात धान्न पुग्ने
२०८३ जेठ २६ मङ्गलवार
- वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा अर्थात् २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा गणना गर्दा उक्त सञ्चिति १९ अर्ब ५० करोड डलरबाट २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ ।प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकसँग रहेको विदेशी विनिमय सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति ३६.६ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँबाट ५४.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । २०८३ वैशाख मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २०.६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
विदेशी विनिमय सञ्चितिको पर्याप्तता सूचक पनि सन्तोषजनक देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनासम्मको वस्तु आयात तथा १९.२ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।
प्रतिवेदनअनुसार २०८३ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६०.७ प्रतिशत रहेको छ । त्यस्तै कुल आयातसँगको अनुपात १५९.७ प्रतिशत तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.३ प्रतिशत पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्य अर्थात् २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए। विदेशी विनिमय सञ्चितिसँग सम्बन्धित सबै प्रमुख सूचकहरूमा सुधार देखिएकाले नेपालको बाह्य क्षेत्र थप सुदृढ बन्दै गएको संकेत प्रतिवेदनले गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।