- आज सबै भन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको शेयर ४.९२ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्से आज पनि दोहोरो अंकले घटेको छ । आज शुक्रबार नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५१ कम्पनिका एक करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, म्युचुअल फण्ड र निर्जीव फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्तको शेयर ९.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको शेयर ४.९२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ५५ करोड ६९ लाख बराबर कारोबार भएको छ भने सिटी होटल्सको १९ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’