- कम्पनीले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो ।
काठमाडौँ: एपोलो हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा आइपिओ बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो ।
कम्पनीको जारी पुँजी ४७ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ४ लाख ७० हजार कित्ता शेयर ओखलढुंगा, सोलुखुम्बु र रामेछाप जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको थियो। बाँकी २० प्रतिशत अर्थात् ९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
सर्वसाधारणतर्फको निष्कासनमध्ये ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १८ हजार ८०० कित्ता कर्मचारीका लागि र ४७ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी ७ लाख ८० हजार २०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।
यस आइपिओमा २७ लाख २७ हजार ११७ वटा योग्य आवेदनबाट २ करोड ९८ लाख ५१ हजार ३८० कित्ताका लागि आवेदन परेको थियो। यस्तै ४३ हजार ९०१ आवेदनबाट ५ लाख ३ हजार ७५० कित्ताको आवेदन अयोग्य ठहरिएको थियो ।
बाँडफाँट परिणामअनुसार गोलाप्रथामार्फत ७८ हजार २० जना आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेवार समुदायका परम्परागत मुकुन्डोनाचका लेखक वीणा जोशीलाई मदन पुरस्कार
-
महामन्त्री शरदराज पाठकले छोडे राप्रपा
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।